logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नबिल बैंकबाट आइएफआइसी बैंकले लगानी झिक्दै

    नबिल बैंकबाट आइएफआइसी बैंकले लगानी झिक्दै

    3.4K
    Shares
    नबिल बैंकबाट आइएफआइसी बैंकले लगानी झिक्दै

    काठमाडौं । नबिल बैंकमा हाल करिब ७.७ प्रतिशत सेयर स्वामित्व रहेको बंगलादेशको बैंक इन्टरनेशनल फाइनान्स इनभेष्टमेन्ट एण्ड कमर्स बैंक (आइएफआइसी) ले आफ्नो सबै सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको छ।

    हाल २२ अर्ब ८३ करोड चुक्ता पूँजी रहेको बैंकमा आइएफआइसीले एक अर्ब ७७ करोड ३६ लाख रूपैयाँ (एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता) बराबरको सेयर बिक्री गर्ने भएको हो।

    संस्थापक समूहको सेयर यही समूहभित्रकाले खरिद गर्न सकिने व्यवस्था अनुसार बैंकले अन्य संस्थापक वा संस्थालाई यो सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको छ।

    यसअघि नेपाल बंगलादेश बैंकमा ४० प्रतिशत सेयर स्वामित्व रहेको आइएफआइसी बैंकको स्वामित्व नबिलमा बंगलादेश बैंकको मर्जरसँगै घटेको हो।

    आइएफआइसी बैंकको सेयर यसअघि नै बिक्री गर्ने प्रयास भएपनि अदालतमा मुद्दा परेसँगै रोकिएको थियो। नेपाल बंगलादेश बैंक मर्ज गर्नुअघि नै नबिल बैंकमा लगानी रहेका विनोद चौधरीकी श्रीमति सारिकाले सो सेयर किन्ने खबर सार्वजनिक भएको थियो।

    सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आफूलाई बेच्ने भनिएको सेयर अर्को व्यक्तिलाई बेच्न लागेको भन्दै सो समय मुद्दा हालेका थिए। अहिले पनि नबिल बैंकको सञ्चालक समितिमा आइएफआइसीको तर्फबाट एआरएम नाम्युस साकिबले प्रतिनिधित्व गरिरहेका छन्। यही कारण कतिपयले आइएफआइसीले यो सेयर बिक्री गर्न नीतिगत रूपमा नमिल्ने बताइरहेका छन्।

    नबिल बैंक स्रोतले भने बैंकमा संस्थाको तर्फबाट साकिबले प्रतिनिधित्व गरिरहेकोले सेयर बिक्री गर्न कानुनी व्यवधान नरहेको बताएको छ।

    धितोपत्र बोर्डले जारी गरेको सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ ले कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरीद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ।

    साकिबले आफ्नो नामको सेयर बिक्री गर्न लागेको नभई संस्थाको नामको सेयर बिक्री हुन गइरहेकोले यसले समस्या नपर्ने नबिल बैंक स्रोतको भनाइ छ।

    धितोपत्र बोर्ड स्रोतले पनि यसअघि पनि यस्ता मुद्दामा बोर्डले यस्तो कारोबार रोक्का गरेकोले नबिल बैंकले यसरी सेयर बिक्री गर्न पाउने सम्भावना नरहेको बताएको छ।

    यद्यपी बोर्डको आधिकारिक धारणा भने आएको छैन। संस्था विदेशी लगानीकर्ता भएको आधारमा विशेष व्यवस्था अन्तर्गत नबिलले सेयर बिक्री गर्न पाउने सम्भावना समेत रहेको केही बताउँछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend