logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः मन्त्री पौडेल

    संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः मन्त्री पौडेल

    3.2K
    Shares
    संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः मन्त्री पौडेल

    बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उहाँले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।

    “यसअघि गर्न नसकेका कामहरु पनि छन्, उनले भने, पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गछौं ।” संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए ।

    “प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,” उनले भने, “गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।” चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिए ।

    ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने बताए । “जनताका आवश्यकता धैरै छन्, उनले भने, जनताका चाहानाअनुसार विकाश गछौ । ”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend