आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माओवादीसँग तत्काल एकता हुँदैनः एकीकृत समाजवादी

माओवादीसँग तत्काल एकता हुँदैनः एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुँदैछ भनि भइरहेको प्रचारमा सत्यता नभएको बताएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकता हुने चर्चाको खण्डन गरेका हुन्।

‘विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन।’

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend