logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि लाग्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

    एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि लाग्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

    3.6K
    Shares
    एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि लाग्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

    काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोडेर बामपन्थी शक्तिहरुलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाई थियो ।

    लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौंतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए । मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धाँवा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो ।

    उनले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दावी समेत गरे । तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यक्ता उहाँले औंल्याए । उपमहासचिव गुरुङले भने, ‘म फेरी पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ । अहिले जोडतोडले दुष्प्रचार भईराखेको छ, कुप्रचार भएको छ कि अव शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आईरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं । त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ । त्यो दायित्व हामीसँग छ । र, समाजवादको आधार निर्माणका लागि समाजवादी शक्तिहरुको आधार हामीले निर्माण गर्नु पर्दछ । त्यो नेतृत्वदायी भूमिका हामीसँग मात्र छ । त्यो काम अरुले गर्न सक्दैन ।

    हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्ने जिम्मा हाम्रो काँधमा छ । र, मुलुकमा जुन उपलब्धि हामीले हासिल गरेका छौं । नेपालको भूराजनीतिक धरातलमाथि खेलेर नेपाललाई अस्थिरतातर्फ लगेर धमिलो पानीमा माछा मार्ने भन्छन नि । त्यो गर्न सक्ने अवस्थामा जुन मुलुक पुगेको छ । त्यसबाट मुलुकलाई फर्काउनु पर्छ । रोक्नु पर्छ । र, त्यो काममा हाम्रो पार्टी गम्भिरतापूर्वक लाग्नु पर्दछ भन्ने मलाई लाग्दछ । नेकपा एमालेको नेतृत्वमा अवको सरकार बन्नु पर्छ । यो एमालेको पहलमा अवको सरकार बन्नु पर्छ । अवको पावर सेयरिङमा एमालेको महत्वपूर्ण भूमिका हुनुपर्छ । त्यो काममा हामीले सफलता प्राप्त गर्नुुपर्छ । त्यसलाई गम्भिरतापूर्वक ग्रहण गरेर हामी सात वटै प्रदेशमा सरकार बनाउन सक्छौं । संघीय सरकार पनि बनाउन सक्छौं हामी । त्यो लक्ष्य पूरा गर्नका लागि दिनरात नभनी हाम्रो पहलकदमी सुरु हुनुुपर्छ । हाम्रो सक्रियता सुरु हुनुपर्छ । हाम्रो सुझबुझ, दूरदर्शिता त्यही प्रकट हुनुपर्छ । हाम्रो योग्यता, क्षमता त्यही प्रकट हुनुपर्छ । त्यो पहलकदमी गरेर सार्थक निष्कर्षमा पु¥याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

    उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पु¥याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको समेत दोहो¥याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend