काठमाडौँ । चुनावको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिँउसो ३ बजे सुरु हुने बैठकमा चुनावको परिणामबारे अनौपचारिक छलफल हुने नेता लिलामणि पोखरेलले जानकारी दिएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निराशाजनक परिणाम भोगेको माओवादीमा गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा विवाद रहेको छ।