आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रोल्पामा जिप दुर्घटनामा चालकको मृत्यु

रोल्पामा जिप दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु।१ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवरको घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मृतकको ११ वर्षीय छोरालाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend