काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् । सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले यस्तो बताएका हुन् ।
संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।
संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि केही कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।