logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    3.4K
    Shares
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ। आइतबारको तुलनामा अमेरिकी डलरमा कुनै पनि परिवर्तन आएको छैन ।

    युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३६ रुपैयाँ ८३ पैसा बिक्री दर १३७ रुपैयाँ ४६ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

    क्यानेडियन डलर ३३ पैसाले ओरालो लागेर एकको खरिद दर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२, सिंगापुरे डलर एकको खरिद दर ९६ रूपैयाँ ०२ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ। जापानी येन १० एकको खरिदमा ९ रूपैयाँ ६७ पैसा र बिक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ।

    साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ३४ खरिद दर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend