सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गोल्डेन बुट दौडमा एम्बाप्पे दुई गोलले अगाडि

गोल्डेन बुट दौडमा एम्बाप्पे दुई गोलले अगाडि

दोहा । विश्वकप सुरु हुनुभन्दा अगाडि आंकलन गरिएका प्रायः खेलाडी नै गोल्डेन बुटको दौडमा छन्। कतारमा जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका फ्रेन्च फरवार्ड किलियान एक्बाप्पे दुई गोलले अगाडि छन्।

चार वर्षअघि रुसमा फ्रान्स विश्वकप विजेता बन्दा टिमका महत्त्वपूर्ण सदस्य रहेका एम्बाप्पले त्यो संस्करणभन्दा धेरै गोल गरिसकेका छन्। आइतबार राति अन्तिम १६ अन्तर्गत पोल्यान्डविरुद्धको खेलमा गरेका एम्बाप्पेले पाँच गोल ठोकिसकेका छन्।

चार वर्षअघि रुसमा पाँच गोल गरेका ह्यारी केनले ६ गोलसहित गोल्डेन बुट जितेका थिए। सन् २०१४ मा ब्राजिलमा कोलम्बियन अट्याकर हामेस रोडरिग्वेजले पनि समान ६ गोलसहित नै गोल्डेन बुट जितेका थिए।

त्यसअघि सन् २०१० र २००६ मा पाँच-पाँच गोल गरेका थोमस मुलर र मिरास्लभ क्लोसले गोल्डने बुट जितेका थिए।

पछिल्ला संस्करणलाई हेर्ने हो भने एम्बाप्पे गोल्डेन बुटको एकदम नजिक छन्। साविक विजेता फ्रान्सले विश्वकपमा अझै लामो यात्रा तय गर्यो भने एम्बाप्पेको दाबेदारी अझै बलियो बन्दै जानेछ।

जारी विश्वकपमा ६ खेलाडीले तीन गोलसहित एम्बाप्पेलाई पछ्याइरहेका छन्। तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया दौडबाट बाहिरिइसकेका छन्।

एम्बाप्पेलाई पछ्याउनेमा अर्जेन्टिनी स्टार लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरुड, इङ्ल्यान्डका बुकायो साका र मार्कस रासफोर्ड, नेदरल्यान्ड्सका कोडी गाक्पो र स्पेनका अल्भारो मोराटा छन्।

गोल्डेन बुट दौडमा भएका खेलाडी:
१. किलियान एम्बाप्पे (फ्रान्स) ५ गोल
२. लियोनेल मेसी (अर्जेन्टिना) ३ गोल
३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल
४. अल्भारो मोराटा (स्पेन) ३ गोल
५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend