काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुबै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको खुमलटार स्रोतले बतायो।