logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङलाई नारायणगोपाल स्मृति सम्मान

    वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङलाई नारायणगोपाल स्मृति सम्मान

    1.6K
    Shares
    वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङलाई नारायणगोपाल स्मृति सम्मान

    काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो ।

    सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए । उनले नारायणगोपालको शालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सिमित नभइ समग्र गीत/संगीत नै समाविष्ट रहेको प्रतिमूर्तिका रुपमा चित्रण गरे । उनले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताए ।

    कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गरे । उनले आफूले देखेका अहिलेसम्मका गायक गायिकाहरुमा त्यो किसिमको कला नपाएको बताए ।

    उनले भने, ‘मलाई अहिले सम्झिँदा पनि लाग्छ, नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुन्थ्यो, शरीरबाट नै आवाज निस्किन्थ्यो । मैले अहिलेसम्म त्यस्तो गायक, गायिका भेटेको छैन । मैले पनि उहाँसँग धेरै काम गरेँ । उहाँसँग काम गर्न पनि धेरै रमाईलो हुन्थ्यो ।’ स्वरसम्राट नारायणगोपालको ३२ औं पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend