logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

    बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

    2.2K
    Shares
    बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

    काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बागमती प्रदेशमा साउनको दोस्रो सातादेखि हालसम्म डेंगुबाट संक्रमितको संख्या ४२ हजार ७ पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको हो।

    डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा रहेको छ। काठमाडौंमा ११ हजार १२७ डेंगुुका बिरामी फेला परेका छन्। रसुवामा ११ जना डेंगु संक्रमित फेला परेका छन्।

    डेंगु संक्रमणबाट ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८२२, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १ हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७३, सिन्धुलीमा १७० र दोलखामा १०४ जना बिरामी भएको निर्देशनालयको विवरणमा उल्लेख छ।

    त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ। काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक/एक जनाको मृत्यु भएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend