logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो प्रदान

    पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो प्रदान

    2.2K
    Shares
    पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो प्रदान

    पोखरा । पर्यटकीय शहर पोखराको लेकसाइड स्थित होटल तथा रेस्टुरेन्टहरुलाई सुचकांकका आधारमा स्तरीकरणको लोगो वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्ट लाई स्तरीकरण तथा लोगो वितरण गर्ने कार्य शुरु गरेको हो ।

    रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) र होटल एसोसिएसन नेपाल (हान) सहकार्यमा पोखराका १४ वटा रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले जानकारी दिए । उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० वटा सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिएको हो । एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दामाथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टार सहितको हरियो), ८०–८९ अंक ल्याउने उत्तम (२ स्टारसहितको हरियो), ६५–८९ अंक ल्याउने सन्तोषजनक (१ स्टारसहित हरियो) र ५०–६४ अंक ल्याउनेलाई सामान्य (पहेंलो) लोगो टाँसिने कुँवरले जानकारी दिए ।

    सूचकांकका आधारमा माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्टलाई उत्तम होटलले स्तरीकरण लोगो प्राप्त गरेका छन् । यस्तै, मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुंगा रेस्ट्रो, मुन डान्स, होटल सहारा र होटल आइसल्यान्ड सन्तोषजनक होटलमा पर्न सफल भएका छन् ।

    उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पर्यटकीय शहरमा यो अभ्यासले गणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्तरीकरणको लोगो प्रदान भएपछि अन्य होटल तथा रेस्टुरेन्टहरु पनि जिम्मेवार भएर यस तर्फ ध्यान दिने उनको भनाइ छ । उनले खाद्य स्वच्छता समिति गठन विभिन्न सूचकका आधारमा स्तरीकरण गर्ने भएकाले यो निकै पारदर्शी हुने गरेको बताए ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले हरेक होटल तथा रेष्टुरेन्टहरुमा यो आवश्यक रहेको बताए । उनले कार्यालयले यसअघि पृथ्वीचोकका होटलहरु पनि स्तरीकरण गरेको जनाउँदै आफ्नो होटल तथा रेष्टुरेन्टहरुमा स्तरीकरणको लोगो र प्रमाणपत्र राख्का लागि व्यवसायीबाट निवेदन आएका सुचकलाई आधार मानेर स्तरीकरण गर्न सकिने बताए । उनले अनुगमनका क्रममा सेवा प्रवाहमा देखिएका कमीकमजोरी सुधार गर्न सुझाव दिने गरिएको बताए । पोखराका होटल तथा रेष्टुरेण्टहरुमा अनुगमनको क्रममा सन्तोषजनक भन्दा तलको अवस्था नदेखिएको उनको भनाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend