आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

थप १ जनामा संक्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुग्यो

थप १ जनामा संक्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुग्यो

काठमाडौं । देशभर हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै, ८५ हजार ८१२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना महामारी सुरु भएका यता नेपालमा पीसीआर विधिबाट १० लाख ९१२ तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ९ लाख ८८ हजार ८१४ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend