काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
राउत र राष्ट्रपतिबिचको भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताएका छन् ।