आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न कति मत पुगेन ?

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न कति मत पुगेन ?

काठमाडौं । प्रत्यक्ष तर्फ १० सीट जितेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउन सकेन। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ। त्यसको ३ प्रतिशत तीन लाख १६ हजार ८०२ हुन्छ।

एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। त्यसहिसाबले ‘थ्रेसहोल्ड’ पार गर्न १८ हजार ४११ मत अपुग भएको देखिन्छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँँवर, भानुभक्त जोशी र प्रेमवहादुर आले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend