logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन

    मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन

    2.5K
    Shares
    मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको छ । गत असोज महिनामा भएको अत्यधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको हो ।

    विगतका वर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिए । यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावट विद्युत उत्पादन गरी वितरण हुँदै आएको उनले बताए ।

    मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ । सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनामा कम विद्युत उत्पादन हुने गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend