काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझेका छन् । आज (बुधबार) संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो ।
उक्त पत्र बुझेसँगै निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार मंसिर २१ गते बुधबार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासमेत अन्य ५ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाइएको हो ।