logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नयाँ संसदले प्रधानन्यायाधीश माथिको महाअभियोगको टुंगो लगाउनेछः सरकार

    नयाँ संसदले प्रधानन्यायाधीश माथिको महाअभियोगको टुंगो लगाउनेछः सरकार

    2K
    Shares
    नयाँ संसदले प्रधानन्यायाधीश माथिको महाअभियोगको टुंगो लगाउनेछः सरकार

    काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग नयाँ प्रतिनिधि सभामा छलफल हुने बताएको छ । बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताएका हुन् ।

    उनले महाअभियोग माथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधि सभामा छलफल हुने विषय जीवित रहेको बताए । उनले महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पती भएको बताए ।

    उनले भने, ‘जहाँसम्म प्रतिनिधि सभामा चोलेन्द्र समशेर जबराको बिरुद्ध महाअभियोग माथि छलफल भएर त्यो छलफलको प्रतिवेदन गठित अर्को प्रतिनिधि सभामा छलफल हुने विषय जीवितै छ । महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पती हो । यसको छलफल अब आउने प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुग्छ ।’

    मन्त्री कार्कीले अबको प्रतिनिधि सभामा छलफल भएर मात्रै प्रधानन्याधीशमाथिको महाअभियोगको टुंगो लाग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend