धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् । देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरेको महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ । १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
२१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि देउवालाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पूरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ ।