logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

    कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

    2.4K
    Shares
    कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

    कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय किशोर साम्राट खनाललाई ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो ।

    कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाइत भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरले बाटो काट्ने क्रममा दुर्घटना भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend