काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् । भ्रटाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गरेको कार्यक्रममा देउवाले भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागिपरेको बताए ।
‘आज भ्रष्टाचारविरद्ध ऐक्वेबद्धता जाहेर गर्ने दिन हो । भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पुरा गर्न सकिन्छ’, देउवाले भने, ‘भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागेको छ ।’