logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सातामा १२ सयले बढ्यो सुनको मूल्य

    सातामा १२ सयले बढ्यो सुनको मूल्य

    2.2K
    Shares
    सातामा १२ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

    साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको थियो । यस्तै, सोमबार पनि उकालो लागेको सुनको भाउ मंगलबार भने घटेर बुधबार समेत स्थिर रहेको थियो । बिहीबार सामान्य उकालो लागेको सुनको भाउ शुक्रबार एकै दिन ६०० रुपैयाँले बढेको थियो ।

    यसैगरी, यो साता चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबारसम्मा १३ सय ९० रुपैयाँ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend