logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • धौलागिरि अस्पताललाई नयाँ एम्बुलेन्स हस्तान्तरण

    धौलागिरि अस्पताललाई नयाँ एम्बुलेन्स हस्तान्तरण

    2.5K
    Shares
    धौलागिरि अस्पताललाई नयाँ एम्बुलेन्स हस्तान्तरण

    बागलुङ । धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो ।

    एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु ३२ लाख र बागलुङ अष्ट्रेलिया समाजले रु २८ लाख दुई हजार सहयोग गरेको थियो । गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले एम्बुलेन्सको सदुपयोग गर्नुपर्ने बताए ।

    एम्बुलेन्स खरिदका लागि रकम जुटाउन समन्वय गर्ने पुनम शर्मा, जमुना विष्टले एम्बुलेन्सको सदुपयोग हुनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend