logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्घाखाँचीमा कार दुर्घटना, २ जनाको अवस्था गम्भीर

    अर्घाखाँचीमा कार दुर्घटना, २ जनाको अवस्था गम्भीर

    1.9K
    Shares
    अर्घाखाँचीमा कार दुर्घटना, २ जनाको अवस्था गम्भीर

    अर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये प्रकृति त्रिपाठी र चालक शिसन त्रिपाठीको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडक बाट तल खोलामा खसेको बताइएको छ ।

    दुर्घटनाको जानकारी पाउने बित्तिकै तत्काल इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको छ । घाइते सबै जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल रिफर गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend