logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • डोटीमा सेती नदीमा एक युवकको शव फेला

    डोटीमा सेती नदीमा एक युवकको शव फेला

    2.7K
    Shares
    डोटीमा सेती नदीमा एक युवकको शव फेला

    धनगढी । डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ। शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो।

    स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए। प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो।

    मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ। नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend