शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

स्थानीय तहको क्षमता विकास गर्न जरुरी छः प्रधानमन्त्री देउवा

स्थानीय तहको क्षमता विकास गर्न जरुरी छः प्रधानमन्त्री देउवा

r'gfjL ;ef ;Daf]wg 88]Nw'/f, #) sflQsM k|wfgdGqL tyf g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf 88]Nw'/fsf] efu]Zj/ –# l:yt af]u6fdf a'waf/ cfof]lht r'gfjL ;efnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताएका छन् । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रहसमेत गरे ।

गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् ।

उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend