logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषामा एक महिलाको बीभत्स हत्या, श्रीमानले नै हत्या गरेको खुलासा

    धनुषामा एक महिलाको बीभत्स हत्या, श्रीमानले नै हत्या गरेको खुलासा

    3.9K
    Shares
    धनुषामा एक महिलाको बीभत्स हत्या, श्रीमानले नै हत्या गरेको खुलासा

    जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । महिलाको बीभत्स हत्या उनकै श्रीमानले गरेको खुलेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो ।

    गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

    श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी प्रदीपबहादुर क्षेत्रीलेले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend