शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाए हामी प्रतिपक्षमा बस्छौँः प्रचण्ड

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाए हामी प्रतिपक्षमा बस्छौँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार निर्माणका लागि भित्रभित्रै कुरा चलिरहेको सूचना आफूकहाँ आइपुगेको खुलासा गरेका छन्। हाल प्रचण्ड कांग्रेस नेतृत्वको सरकारमा सत्ता साझेदार रहेका छन्।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई ललितपुरमा सम्बोधन गर्दै दुई ठूला दलबीच सरकार निर्माण भए आफ्नो प्रतिपक्षमा बस्ने उनले बताएका हुन्।

उनले भने, ‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको थाहा पाएका छौं। साँच्चिकै त्यसो भए माओवादी प्रतिपक्षमा बस्छ। हामी संसद् र सडकमा जान्छौं। माओवादीलाई बाहिरै राखेर कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि उनीहरु जुध्ने दाबी उनले गरे।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend