logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

    बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

    1.7K
    Shares
    बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो ।

    मेलामा दुई सय कक्ष रहने र रु तीन करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । करिब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको मेलाको आवश्यक तयारी तीव्ररुपमा भइरहेको उनको भनाइ छ ।

    “यसवर्ष मेलामा विशेष आकर्षणका रुपमा भलिबल प्रतियोगिता, जातजातिबीचको भेषभूषामा नेतृत्व प्रतियोगिता र भजनकीर्तन प्रतियोगिता रहनेछन्”, उनले भने ।

    मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुराँ, बालउद्यानलगायतका कक्ष रहने उनले जानकारी दिए । मेलामा कृषि, हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका कक्ष निःशुल्क रहने छन् ।

    सङ्घका महासचिव दिनेश न्यौपानेले नवलपरासी जिल्लालाई कृषि, पर्यटन एवं औद्योगिक जिल्लाका रुपमा परिचित गराउन मेला आयोजना गर्न लागिएको बताए । स्थानीय उत्पादनको बजार विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा मेलाले महत्वपूर्ण टेवा पु¥याउने आयोजकको भनाइ छ । मेलामा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend