आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा  जीप दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ ।  दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा जीप दुर्घटना भएको हो।

छेडागाड नगरपालिका–४ खातिजेवाबाट वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको छ । घटनको विस्तृत विवरण आउन बाँकी छ। मृतकको सनाखत हुन सकेकाे छैन । जीपमा कतिजना सवार थिए भन्ने पनि खुलेको छैन ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend