logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा

    मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा

    2.4K
    Shares
    मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा

    महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षिय राजा साह र २२ वर्षिय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।

    बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

    गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीद्वारा नियन्त्रणः
    पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले करीब ३ सय ६३ के.जी. गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए ।

    बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend