शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

तरलता सुधारको बाटोमा छः गभर्नर अधिकारी

तरलता सुधारको बाटोमा छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा तरलतामा सुधार आइरहेको बताएका छन्। नेपाल बैंकर्स एसोसिएसनको १३औं साधारणसभामा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सूचक सकारात्मक भइरहेको बताए। ‘बैंकिङ प्रणालीमा भित्रभित्रै तरलतामा सुधार भइरहेको छ’ उनले भने। बजारमा अन्तरबैंक दर साढे ८ बाट ७‍०७ प्रतिशतमा झरेको छ।

गभर्नर अधिकारीले अर्थतन्त्रलाई सन्तुलन राख्न नचुक्ने बताए। अर्थतन्त्रलाई सही बाटोमा लिन सबैको साथ, सहयोग चाहिने बताए। गभर्नर अधिकारीले अर्थतन्त्र रिकभरी हुन चुनौती थपिए पनि त्यसका लागि सबैको साथ आवश्यक पर्ने बताए।

अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भए पनि त्यसैमा भर पर्न नहुने गभर्नर अधिकारीले बताए। ‘उत्पादनतर्फ लाग्नुपर्छ, रेमिट्यान्समै भर परेर हुँदैन’ उनले भने। उत्पादनमा नगए अर्थतन्त्रमा जटिल समस्या आउन सक्ने उनले बताए। एउटै ऋणीलाई ऋण थपिरहने परिपाटीलाई राष्ट्र बैंकले नियन्त्रण गर्न खोजेको उनले बताए।

ऋणलाई व्यवस्थित गर्न खोज्दा व्यवसायीबाट विरोध भइरहेको छ’ उनले भने। ऋणीले ऋण नपाएको गुनासो आइरहेको उनले बताए। ‘ऋणमाथि किन ऋण थप्ने भन्ने,’ अधिकारी भन्छन्, ‘ऋणीले पनि केही योगदान गर्नुपर्छ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend