logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ : मन्त्री चौधरी

    धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ : मन्त्री चौधरी

    2.9K
    Shares
    धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ : मन्त्री चौधरी

    काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको सोमबार निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने बताएका छन् ।

    शहरी विकास मन्त्रालय अन्तर्गत संचालित विभिन्न आयोजनाहरुका निरिक्षण गर्ने क्रममा गोकर्णेश्वर पुगेका मन्त्री चौधरीले भने, ‘यस ड्यामको निर्माणले वागमती सफाई गर्ने, वागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ । त्यसका साथै यहाँको पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने देखेँ ।’

    मन्त्री चौधरीले नागमतीमा समेत यस्तै खाले ड्याम बनाउने योेजना सुनाए । एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा रु ४१ करोडमा निर्माण भएको उक्त ड्यामको उदेश्य बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने रहेको इन्जिनियर रामबाबु शाहले बताए । विशेषगरि सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरुका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको इन्जिनियर शाहको भनाइ थियो ।

    सन् २०१७ मा सुरु भएको उक्त ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend