logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुन्दरबजार नगरपालिकाले चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गर्‍यो

    सुन्दरबजार नगरपालिकाले चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गर्‍यो

    2.3K
    Shares
    सुन्दरबजार नगरपालिकाले चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गर्‍यो

    लमजुङ । सुन्दरबजार नगरपालिकाले चालु वर्षको चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गरेको छ ।नगरपालिका राजस्व शाखाका हरिप्रसाद कुमालका अनुसार भूमिकर, घरबाहल, सिफारिस दस्तुर, नवीकरण लगायतबाट राजस्व संकलन गरेको हो ।

    सम्पत्ति करबापत १२ लाख ११ हजार, घरबाहलबापत ३ लाख ७२ हजार, व्यवसायीक करबापत ५८ हजार र अन्य करबापत २ हजार ९ सय राजस्व संकलन भएको उनले बताए ।

    परीक्षा शुल्कबाट २७ हजार, नक्सापास दस्तुरबाट ७ लाख, सिफारिस दस्तुरबाट ५ लाख ५० हजार, व्यक्तिगत घटना दर्ताबाट ६१ हजार, नाता प्रमाणित दस्तुरबाट ४० हजार संकलन भएको छ । अन्य राजस्व ३ लाख ७० हजार संकलन भएको उनको भनाइ छ ।

    नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड २३ लाख ६४ हजार राजस्व संकलन गरेको थियो ।
    न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend