logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?

    सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?

    2.5K
    Shares
    सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?

    काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ।

    यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

    बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend