logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यस्तो छ विदेशी मुद्राकाे विनिमय दर

    यस्तो छ विदेशी मुद्राकाे विनिमय दर

    1.7K
    Shares
    यस्तो छ विदेशी मुद्राकाे विनिमय दर

    काठमाडाै‌ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्राकाे विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

    बुधबार भने अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ५६ पैसाले ओरालो छ । युरोपियन युरोमा १ रुपैयाँ ७ पैसाले उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्री दर १४० रुपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिद दर १३९ रुपैयाँ २३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।

    अष्ट्रेलियन डलर १ रुपैयाँ १२ पैसाले उकालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलरमा पनि ७९ पैसाले वृद्धि भई एकको खरिददर भने ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २१ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा कायम रहेको छ। बुधबार कतारी रियाल खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

    राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। यता, मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९८ पैसा र बिक्री दर ३० रुपैयाँ ११ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend