logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • तनहुँमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    तनहुँमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    3.1K
    Shares
    तनहुँमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    काठमाडौं । तनहुँमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । ४० वर्षीय श्रीमान मनबहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

    मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

    इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend