logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलेसियामा एक दिनमा कोभिड १९ बाट १६ सय भन्दा बढी सङ्क्रमित

    मलेसियामा एक दिनमा कोभिड १९ बाट १६ सय भन्दा बढी सङ्क्रमित

    1.9K
    Shares
    मलेसियामा एक दिनमा कोभिड १९ बाट १६ सय भन्दा बढी सङ्क्रमित

    मलेसिया । मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

    ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ ।यस समयमा कोरोना सङ्क्रमणको कारण थप छ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

    यस अवधीमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरुको कुल सङ्ख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend