सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन आन्दोलन गर्ने निर्णय भएको नेकपाले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य सहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ ।

आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend