सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले तीन बुदे कार्यान्वयन गर, आस्थाका बन्दी रिहाइ गर लगायतका नारा लगाएका थिए ।

सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend