शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा

bLIffGt ;df/f]x ;Daf]wg ub}{ k|d b]pjf ag]kf, @( dªl;/M k|wfgdGqL Pj+ sf7df8f}F ljZjljBfnosf s'nklt z]/axfb'/ b]pjf sfe|]knf~rf]ssf] w'lnv]nl:yt sf7df8f}F ljZjljBfnosf] -klxnf] r/0f_ sf] @*cf}F bLIffGt ;df/f]xnfO{ ;Daf]wg ug'{xF'b} . tl:a/M k]df nfdf÷ /f

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, “अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।”

उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उनले बताए । प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश गरेको सुखद अवसरमा महानगरवासी, जनप्रतिनिधिलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गरे ।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend