logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लमजुङबाट नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेसले गर्यो सम्मान

    लमजुङबाट नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेसले गर्यो सम्मान

    2.2K
    Shares
    लमजुङबाट नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेसले गर्यो सम्मान

    काठमाडौं । नेपाली कांग्रेसले लमजुङबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

    सम्पर्क समितिले लमजुङ प्रदेशसभा ‘१’ बाट निर्वाचित कांग्रेस लमजुङका जिल्ला सभापति डा टेकराज गुरुङ, लमजुङ प्रदेशसभा ‘२’ बाट निर्वाचित कांग्रेस लमजुङका पूर्वसभापति भेषबहादुर पौडेल तथा समानुपातिक सांसदद्वय पार्वती तामाङ र टीकाकुमारी बस्याललाई सम्मान गरेको हो ।

    कार्यक्रममा कांग्रेस नेता दिलबहादुर घर्तीले लमजुङको विकासका लागि काम गर्न नवनिर्वाचित सांसदलाई आग्रह गरे । उनले गठबन्धनका साथ कांग्रेस निर्वाचनमा गएको बताउँदै आगामी सरकार पनि कांग्रेसको नेतृत्वमा गठबन्धनकै हुने बताए ।

    कांग्रेस लमजुङका सभापति एवम् गण्डकी प्रदेशका नवनिर्वाचित सांसद गुरुङले लमजुङमा गठबन्धनले सोचेजस्तो परिणाम दिन नसकेको बताए । उनले आगामी दिनमा लमजुङको विकासमा आफूले कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    लमजुङ कांग्रेसका पूर्वसभापति एवम् लमजुङ प्रदेशसभा ‘२’बाट निर्वाचित सांसद पौडेलले निर्वाचनको दौरानमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न आफू लाग्ने विश्वास व्यक्त गरे । समृद्ध लमजुङ आफ्नो चाहना भएको उनको भनाइ थियो ।

    कार्यक्रममा समानुपातिक सांसदद्वय तामाङ र बस्यालले लमजुङका जनताको इच्छा र चाहनाअनुसार आफूहरु लमजुङको विकासमा लागिपर्ने बताए । कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले अबका दिनमा कांग्रेसको जिल्ला सङ्गठन मजबुद हुने विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend