
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बालुवाटारमा कांग्रेस सांसदहरूको भेला सुरु भएको छ । देउवाले दिउँसो ३ बजेका लागि सांसदहरुलाई चियापानमा बोलाएका हुन् ।
सभापति देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन चियापान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
देउवा आगामी प्रधानमन्त्रीमा आफैँ अघि बढ्ने तयारीमा छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend