logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारले बढायो पेट्रोलियम ढुवानी भाडा

    सरकारले बढायो पेट्रोलियम ढुवानी भाडा

    2K
    Shares
    सरकारले बढायो पेट्रोलियम ढुवानी भाडा

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।

    नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो ।

    निगमले शुक्रबारदेखि लागू हुने गरेर पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो । यसअघि, उद्योग मन्त्रालयकी सहसचिव उर्मिला केसीको संयोजकत्वमा यातायात व्यवस्था विभागको इञ्जिनियर, काठमाडौं युनिभर्सिटीको मेकानिकल इञ्जिनियर, निगमको अर्थ विभागको प्रमुख र ढुवानी व्यवसायीको प्रतिनिधि सम्मिलित टोलीले भाडा वृद्धिको अध्ययन गरिरहेको थियो ।

    देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।

    ‘देशैभरको इन्धन ढुवानी ट्यांकरको भाडा वृद्धि भएको छ, निगम सञ्चालक समितिले २७ कात्तिकमा गरेको निर्णय नयाँ मूल्य प्राप्तिपछि कार्यान्वयनमा ल्याइएको हो,’ उनले भने, ‘लामो समयदेखि व्यवसायीले यो माग गर्दै आएका थिए ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend