मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने

????????????????????????????????????

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनमा शपथको मिति तय गरिँदैछ ।

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो ।

संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend