logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सेयर बजार १४.२२ अंकले बढ्यो

    सेयर बजार १४.२२ अंकले बढ्यो

    2.3K
    Shares
    सेयर बजार १४.२२ अंकले बढ्यो

    काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १४.२२ अंकले बढेर परिसूचक १८७३.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.६८ अंकले बढेर ३६६.६५ को विन्दुमा पुगेको छ।

    यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली छाएको छ।  नेपाल टेलिकमको सर्वाधिक ६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.४० प्रतिशतले उकालो लागेको छ। अन्य समूह २.३१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५४ प्रतिशत, विकास बैंक समूहमा ०.२५ प्रतिशत, वित्त समूहमा ०.४२ प्रतिशत, जलविद्युत समूहमा ०.७६ प्रतिशत, लगानी समूहमा ०.१९ प्रतिशत, जीवन बीमा समूहमा ०.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, लघुवित्त समूहमा ०.७१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत र व्यापार समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend