logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ढक तराजुको जाँच गर्न टोल–टोलमा ‘डोर टोली’ परिचालन

    ढक तराजुको जाँच गर्न टोल–टोलमा ‘डोर टोली’ परिचालन

    2.4K
    Shares
    ढक तराजुको जाँच गर्न टोल–टोलमा ‘डोर टोली’ परिचालन

    काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नापतौल गर्ने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाल खुद्रा व्यापार संघसँगको सहकार्यमा टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो ।

    उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानून अनुसार कारबाही समेत गर्नेछ । मंगलवार काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको पसलहरुमा कार्यालयकी सहायक निरीक्षक अनिता घिमिरेको नेतृत्वमा निरीक्षणको टोली पुगेको थियो।

    सहायक निरीक्षक घिमिरेले पसलमा भएका नापतौल ढक तराजु दर्ता नगर्ने व्यवसायीहरुलाई अनुगमन फारम भराई तीन दिनभित्र ढक तराजु दर्ता गर्न निर्देशन दिइन् ।

    उनले तराजुमा कुनै कैफियत भेटिए कारबाही गरिने चेतावनी दिइन् । काठमाडौं लगायत विभिन्न जिल्लाका व्यवसायी फर्म तथा पसलामा शुक्रवारसम्म निरीक्षण गरिने छ । व्यापारीहरुले ढक तराजु खरिद् गरेको मितिले ३५ दिनभित्र अनिर्वाय दर्ता गर्नुपर्ने अन्यथा जरिवान हुने कानूनी व्यवस्था रहेको छ ।

    नेपाल खुद्रा व्यापार संघका सदस्य शिव डंगोलले व्यापारीले प्रयोग गर्दै आएका ढक तराजुका साथै डिजिटल काटा बिग्रिएको हुनसक्ने भएकाले ठिक छ कि छैन भनि जाँचबुझ गर्न टोली बनाएको बताए ।

    नापतौल विभागले काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला कार्यक्षेत्र रहेको नापतौल कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ ।

    नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्ने गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आएको पनि कार्यालयले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend