logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको स्थानीयको आरोप

    जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको स्थानीयको आरोप

    2.7K
    Shares
    जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको स्थानीयको आरोप

    काठमाडौं । धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधवार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो ।

    तर करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्र भन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताए । उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गा भित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको बताए । उनले करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिएको बताए ।

    आचार्यले घर भएको जग्गा करिडोरले नै निजी जग्गा हो भन्दा भन्दै पनि महानगरले बल प्रयोग गरेको बताए । उनले महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको बताए । उनले सरकारी जग्गा नभएको जानकारी दिँदा समेत निजी घर भत्काएर महानगरले आतंक फैल्याएको बताए ।

    अर्का एक घरधनीले केन्द्र सरकार र महानगरको दुई वटा नीतिले जनताले दुःख पाएको बताए । उनले इन्जिनियरहरुले पनि फरकफरक चिन्ह दिएको भन्दै महानगरले कुनै जानकारी बिना घर भत्काउन उचित नभएको बताए । उनिहरुले महानगर पालिकाको ज्यादतीका लागि अदालत जाने बताएका छन् ।

    काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend