logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • लक्ष्मी बैंकले लाभांश नदिने

    लक्ष्मी बैंकले लाभांश नदिने

    1.6K
    Shares
    लक्ष्मी बैंकले लाभांश नदिने

    काठमाडौं । लक्ष्मी बैंकले आफ्ना सेयर लगानीकर्ताहरूलाई लाभांस वितरण नगर्ने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

    कम्पनीको २६४ औं सञ्चालक समितिको बैठकले यही पुस २८ गते २२ औं वार्षिक साधारण सभाको आयोजना गर्ने निर्णय गरेको छ । तर, नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने र खाली हात राख्ने निर्णय गरेको हो ।

    यद्यपि, कम्पनीले लाभांश वितरण नगरेपनि साधारण सभाका लागि पुस १५ गते बुक क्लोजको निर्णय गरेको छ । यसअघि, एनआईसी एसिया बैंकले समेत आफ्ना लगानीकर्ताको हात खाली राखेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend